सर्लाही प्रहरीले झण्डै पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित युवकलाई पक्राउ गरेको छ।
बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ नहरबाट सर्लाहीको बलरा नगरपालिका- ५ अर्नाहा निवासी ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले रायलाई पक्राउ गरेको जिप्रका सर्लाहीका डीएसपी कैलाश राईले जानकारी दिए।
रायको साथबाट हजार दरका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट, नोट आकारको कागजको बन्डल २४ थान र प्रिन्ट पेपर दुई रिम बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले राय सवार बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल र सोही ठाउँमा रोकिराखेको बीआर ३० ए ५९६८ नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।
Shares
प्रतिक्रिया