ad ad

कारोबार


सिनियरलाई उछिन्दै प्रदीप बने उड्डयन प्राधिकरणको महानिर्देशक

सिनियरलाई उछिन्दै प्रदीप बने उड्डयन प्राधिकरणको महानिर्देशक

नेपालखबर
माघ १९, २०७८ बुधबार ११:१, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई नियुक्त गरेको हो। 

राजकुमार क्षेत्री महानिर्देशकबाट अनिवार्य अवकाश पाएसँगै प्राधिकरण नेतृत्वविहीन रहेको थियो। इन्जिनियर अधिकारी धेरै सिनियरलाई उछिन्दै महानिर्देशक भएका हुन्। 

राष्ट्रिय गौरव आयोजनाका निर्देशक समेत रहेका अधिकारी ८ औं तहबाट खुल्ला प्रतिस्पर्धामार्फत ११ औं तहमा पुगेका थिए। सरकारले अधिकारीलाई ४ वर्षको लागि महानिर्देशकमा नियुक्त गरेको छ। 

अधिकारीले १२ औं तहमा रहेका कार्यबाहक महानिर्देशक प्रेमनाथ ठाकुर, त्रिभुवन विमानस्थलका महानिर्देशक भोला गुरागाई, टीआईएका पूर्व महानिर्देशक प्रतापबाबु तिवारी, चन्द्रलाल कर्णलाई पछि पार्दै महानिर्देशकमा नियुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .