ad ad

कारोबार


सोल्टी होटलको बोनस पाउन पुस ६ गतेसम्म सेयर किनिसक्नुपर्ने

सोल्टी होटलको बोनस पाउन पुस ६ गतेसम्म सेयर किनिसक्नुपर्ने

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १३:३९, काठमाडौँ

सोल्टी होटलको वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ।  जस अनुसार बुक क्लोज हुने समय समेत तोकिएको छ।  

साधारणसभा प्रयोजनका लागि सोल्टी होटलले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने बताएको हो। 

जस अनुसार पुस ७ गते अघि सेयर खरिद गर्नेले बोनस पाउने भएको छन्। 

नगद लाभांश र बोनस सेयर गरेर कम्पनीले सेयर धनीलाई २१ करोड रुपैयाँ बराबर वितरण गर्न लागेको हो। 

कम्पनीले गत आर्थिक वर्ष ३० करोड १६ लाख खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो। अघिल्लो आर्थिक वर्षमा २२ करोड ४९ लाख नोक्सानीमा रहेको कम्पनीले गत आर्थिक वर्षमा भने राम्रो प्रगति गरेको देखिएको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल आम्दानी २०२ प्रतिशतले वृद्धि भएको देखिएको छ।अघिल्लो आर्थिक वर्षमा ४५ करोड ३९ लाख कुल आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १ अर्ब ३७ करोड कुल आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ। 

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको वित्तिय विवरणले देखाएको छ।

सोल्टी होटलले एक सूचना जारी गर्दै कम्पनीले सेयरधनीका लागि हाल कायम चुक्ता पुँजीको २६ दशमलव ३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।  

कम्पनीले लाभांशबाट ५ प्रतिशत बोनस सेयर र २१ दशमलव ३२ प्रतिशत नगद वितरण गर्ने उल्लेख गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ छ।

यसमा प्रस्तावित बोनस सेयर थपिँदा कम्पनीको चुक्ता पुँजी ८८ करोड ४६ पुग्नेसमेत बताएको छ। तर सेयरधनीलाई लाभांश वितरण गर्नको लागि साधारण सभाले पारित गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .