ad ad

कारोबार


तरलता सुविधासम्बन्धी नयाँ कार्यविधि मस्यौदा सार्वजनिक, धितोको ९० प्रतिशत सुविधा पाइने

तरलता सुविधासम्बन्धी नयाँ कार्यविधि मस्यौदा सार्वजनिक, धितोको ९० प्रतिशत सुविधा पाइने

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार २०:७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले तरलता सुविधासम्बन्धी नयाँ कार्यविधि मस्यौदा सार्वजनिक गरेको छ। 

बैंक तथा वित्तीय संस्थाहरूले लिन पाउने दैनिक तरलता सुविधाको नयाँ कार्यविधि तयार गरेको हो। 

कार्यविधीको मस्यौदा राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको छ। जसमा राष्ट्र बैंकले सुझाव समेत माग गरेको छ। 

उक्त मस्यौदा अनुसार राष्ट्र बैंकले दैनिक तरलता सुविधामा केही व्यवस्था थप गरेको छ। जस अनुसार बैंक तथा वित्तिय संस्थाहरुलाई सहज हुने भएको छ। आवश्यकताअनुसार दैनिक तरलता सुविधा दिने विषय मस्यौदामा राखिएको छ।

मस्यौदा अनुसार बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा सहभागी संस्थाले दैनिक तरतलता सुविधा लिन पाउने, दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधासम्बन्धी सम्झौता गर्नुपर्ने, दैनिक तरतलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्नुपर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न निवेदन गर्नुपर्ने जस्ता विषयहरु राखिएको छ। 

मस्यौदामा धितो सुरक्षण शर्त र सीमा सम्बन्धी व्यवस्थाहरु पनि तोकिएको छ। जसमा दैनिक तरलता सुविधा उपयोग गर्नका लागि धितोको ९० प्रतिशत उपलब्ध गराइने विषय राखिएको छ। 

राष्ट्र बैंकले सुरक्षणपत्र धितो राखेका आधारमा दैनिक तरलता सुविधा दिने गरेको छ। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले वैधानिक तरलता अनुपात (एसएलआर) बाट अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएपछि कायम हुने रकमको २५ प्रतिशतसम्म दैनिक तरलता सुविधा पाउने व्यवस्था थियो। यसलाई नयाँ मस्यौदाले संशोधन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .