ad ad

कारोबार


सेयरबजार : डेढ अर्बको कारोबारमा लगानीकर्ताले ८ प्रतिशतसम्म कमाए

सेयरबजार : डेढ अर्बको कारोबारमा लगानीकर्ताले ८ प्रतिशतसम्म कमाए

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १५:१८, काठमाडौँ

सेयरबजार आज पनि हरियो भएर कारोबार बन्द भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार अघिल्लो दिन ५६ अंकले बढेको बजार बुधबार ७.३२ अंकले हरियो भएको हो। 

यसअनुसार २२७ कम्पनीको १ अर्ब ४६ करोडको कारोबार भएको छ। 

यो भनेको ४३ लाख ४६ हजार कित्ता सेयर बिक्री हो। ११ बजे खुलेको बजार १२ बजेसम्म उतारचढाव देखिए पनि त्यसपछि बढेको थियो। 

आज १३ मध्ये वाणिज्य बैंक, व्यापार र निर्जीवन बीमाका सूचक राताम्य छन् भने बाँकी उपसूचक हरियो छन्।  

आज ५ वटा कम्पनीको सेयर उही मूल्यमा, ५६ वटाको घटेको र १२४ वटाको सेयर बढेर कारोबार भएको छ। 

यसअनुसार लगानीकर्ताले ८.७४ प्रतिशतसम्म कमाउँदा गुमाउनेले ३.९६ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्। 

आज शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ८५ लाखको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .