सेयरबजारमा २.५७ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेसँगै १९५६.३६ विन्दुमा पुगेको छ।
बजारमा मंगलबार २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर बिक्री भएका छन्।
१८ हजार ४ सय ७२ पटकको खरिदबिक्रीमा १ अर्ब ५ करोडको कारोबार भएको हो।
आज फाइनान्स, निर्जीवन बीमा, अन्य, जीवन बीमाको सूचक बढे पनि बाँकी घटेका छन्। यसअनुसार ५८ कम्पनीको सेयर बढेको, ११४ वटाको घटेको र १२ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज लगानीकर्ताले ४.२२ प्रतिशतसम्म कमाउँदा ५.७७ प्रतिशतसम्म गुमाएका छन्।
सर्वाधिक कारोबार भने शिवम् सिमेन्टको साढे ८ करोडको भएको छ।
27
Shares
प्रतिक्रिया