ad ad

कारोबार


प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता

प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १७:३६, काठमाडौँ

प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुटसम्बन्धी सम्झौता भएको छ।
मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो। 

सम्झौता अनुसार क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छूट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छूट पाउनेछन्। 

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ।

सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ। 

काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो। 

नेपाली पूँजी बजारमा भिडिओ केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारको प्रविधि अपनाउँदै ग्राहकहरुलाई सेवा प्रदान गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .