ad ad

कारोबार


र्‍याडिसन होटलमा सम्पन्न भयो फ्रुट सोकिङ कार्यक्रम

र्‍याडिसन होटलमा सम्पन्न भयो फ्रुट सोकिङ कार्यक्रम

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १७:३८, काठमाडौँ

र्‍याडिसन होटलले फ्रुट सोकिङ कार्यक्रम आयोजना गरेको छ। 

यो कार्यक्रम र्‍याडिसन होटलको चौथो तल्लामा रहेको टेरेस गार्डेनमा आयोजना गरिएको होटलले जनाएको छ। 

जसमा विभिन्न समुदायका महिला प्रोफेसनलाई आमन्त्रित गरिएको थियो। होटलका जेनेरल मेनेजर, सब्रोतो बेनेर्जीले सबै आमंत्रित हरुलाई स्वागत र धन्यवाद दिँदै कार्यक्रमको सुरुवात गरेका थिए। 

त्यसपछि होटलका एकजिक्युटिभ सेफ सुनल कृष्ण कबिराज ठाकुरले फ्रुट सोकिङ्गबारे संक्षिप्त व्याख्या गर्दै कार्यक्रमलाई अघि बढाए। 

कार्यक्रमबारे जानकारी दिँदै होटलले वर्षौँदेखि ड्राई फ्रुट, मसला, जडिबुटी र विभिन्न किसिमका पेय पदार्थ मिसाएर क्रिसमसको लागि केक तयार पारिने बताए। 

होटलका अनुसार इतिहासमा क्रिसमसको लागि तयार पारिने केकको सामग्री कम्तीमा एक महिनाअगाडि मिश्रण गरेर राख्नुपर्ने चलन छ। 

सहभागीहरुले उत्त मिश्रण तयार पार्दै रमाइलो वातावरण सिर्जना गरे। क्रिसमसको भावनाको साथ उत्सवलाई रमाइलो बनाउन सबैको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .