राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको चाँदी र नगद पैसासहित पक्राउ परेका बाराका एक जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।
विभागले जिल्लाको करैयामाई गाउँपालिका ८ बेलाहीका सरोज मिया मंसुरविरुद्ध बुधबार राजस्व छलीमा मुद्दा दायर गरेको हो।
गत कात्तिक १ मा उनलाई कास्कीको पोखरा २७ स्थित तालचोकमा ४१३ तोला ५२ लाल चाँदीका गहना र ५७ हजार नगदसहित इलाका प्रहरी कार्यालय हंसपुरले पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा उनले राजस्व छली गरेको पाइएपछि थप अनुसन्धानका लागि विभागमा पेस गरिएकामा विभागले उनीविरुद्ध ५ लाख ४४ हजार ८ सय ७५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
33
Shares
प्रतिक्रिया