ad ad

कारोबार


सडक विस्तारको क्रममा फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध

सडक विस्तारको क्रममा फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १५:५०, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले बिहीबार सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको जनाएको छ। 

कम्पनीले मर्मतसम्भारका लागि टोलीहरुलाई फिल्डमा पठाएकोले चाँडै सुचारु हुने पनि जानकारी दिएको छ। 

अप्रत्याशित रुपमा सेवा अवरुद्ध भएकामा माफी मागेको छ। एनसेलले अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्न महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन पनि अनुरोध गरेको छ। 

एनसेलले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .