ad ad

कारोबार


नाफिजमा मोद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

नाफिजमा मोद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १३:२४, काठमाडौँ

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ। 

बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैठौँ महासभाबाट नाफिजमा मोदनाथ ढकालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति भएको हो। यसमध्ये २ जना मनोनीत सदस्य बन्नेछन् ।

महासभामा निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो। यसअनुसार नाफिजको अध्यक्षमा राइजिङ नेपालका मोदनाथ ढकाल निर्वाचित भए। 

ढकालले १०५ मत ल्याएर नाफिजको अध्यक्षमा दोस्रो पटक निर्वाचित बनेका हुन् । उनका प्रतिस्पर्धी भुवन आचार्यले २३ भोट ल्याएका थिए । आचार्य रेडियो नेपालमा आबद्ध छन् ।

यस्तै, उपाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी र हाम्रो अर्थकी मेनुका कार्की निर्वाचित भए। उनीहरूले क्रमशः ८२ र ९२ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षका प्रतिस्पर्धी इन्द्र बानियाँले ४९ मत ल्याएका थिए ।

यसैगरी, महासचिवमा अनलाइनखबरका नविन ढुंगाना, सचिवमा नेपालखबरका दीपक भट्ट र कोषाध्यक्षमा सिंहदरबारकी दिलु कार्की निर्विरोध निर्वाचित भए। यस्तै, सदस्यहरूमा रातोपाटीका निकेश खत्री (७५ मत), अनलाइनखबरका विजय पराजुली (७१ मत), सेतोपाटीकी सबिना कार्की (६७ मत) र नेपालप्रेसका राजाराम न्यौपाने (४८ मत) विजयी भए। 

यसबाहेक, कारोबार दैनिकका परिवर्तन देवकोटा (भोला)ले ४२ मत ल्याए । नयाँ पत्रिकाका मिलन विश्वकर्माले ४१ मत ल्याउँदा, शिलापत्रका सुधिर भण्डारीले ३८, बिजपाटीका निरोजकुमार थापाले २०, कर्पोरेट नेपालका नविन पोखरेलले २० मत ल्याए । यसैगरी, न्यूज एजेन्सी नेपालका अनिश मिजारले १९ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .