ad ad

कारोबार


चालू पुँजी कर्जा मार्गदर्शन संशोधन आजै, प्रधानमन्त्री र अर्थमन्त्रीसँग गभर्नरले लिए राय

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन आजै, प्रधानमन्त्री र अर्थमन्त्रीसँग गभर्नरले लिए राय

नेपालखबर
पुस २०, २०७९ बुधबार १४:५८, काठमाडौँ

चालू पुँजी कर्जा मार्गदर्शन आजै संशोधन हुने भएको छ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलसँग गभर्नर महाप्रसाद अधिकारीले भेटेर अन्तिम राय लिएका हुन्।  

नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार व्यवसायीको मागलाई ध्यानमा राखेर मार्गदर्शन संशोधन हुनलागेको हो। 

उनले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीज्यूले योअघि नै संशोधन गरेर निजी क्षेत्रको माग संशोधन गरिदिन अग्रह गर्नुभएको थियो। सोअनुसार संशोधन गर्न लागिएको हो। त्योभन्दा अघि अन्तिम राय लिन आज भेट भएको हो।’

कात्तिक १ गतेदेखि लागू भएको मार्गदर्शन  निजी क्षेत्रले स्थगित गर्न माग गर्दै आएका छन्। तर राष्ट्र बैंकले संशोधन गरिदिन अग्रह गरेको हो।

निजी क्षेत्रले चालू पुँजी कर्जा मार्गदर्शन लागू नगर्न भन्दै अर्थमन्त्री विष्णु पौडेल जोडदार माग गरेका थिए। प्रधानमन्त्रीसँगको भेटमा समेत उनीहरुले सोही कुरा राखेका थिए। त्यसपछि अर्थमन्त्री पौडेलले यसबारे नेपाल राष्ट्र बैंकसँग चासो राखेका थिए। केही उद्योगी व्यवसायीसँगको भेटमा त उनले गभर्नर महाप्रसाद अधिकारीलाई समेत सँगै राखेका थिए। 

व्यवसायीको आवाज नसुनेझैँ गरिरहेको केन्द्रीय बैंकले अर्थमन्त्रीले नै चासो दिएपछि यसको संशोधन प्रक्रिया सुरु गरेको हो। 

मन्त्री हुनासाथ निजी क्षेत्रका उद्योगी र व्यवसायीलाई विशेष भेटघाट दिएका मन्त्री पौडेलले यसबारे माग सम्बोधन हुने आश्वासन दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .