ad ad

कारोबार


एभरेष्ट बैंक र क्वीक फर कन्सल्टिङ प्रालिबीच अटोमेसन सम्बन्धी सम्झौता

एभरेष्ट बैंक र क्वीक फर कन्सल्टिङ प्रालिबीच अटोमेसन सम्बन्धी सम्झौता

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार २२:२, काठमाडौँ

एभरेष्ट बैंकले आफ्नो बिभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने कायर्हहरु अटोमेसन गर्नको लागि क्वीक फर कन्सल्टिङ प्रालिसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा शुरु गरेको छ।
 

एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आप्mनो अटोमेशनको यात्रा शुरु गरेको जनाएको छ।
 
बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नू पर्ने र मानविय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रूुटीपूर्ण हून सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो।  

यस बैंकमा हालसम्म १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्। साथै, देशैभरी छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .