कारोबार


गुण एयरलाइन्सलाई उडान बन्द गर्न निर्देशन

गुण एयरलाइन्सलाई उडान बन्द गर्न निर्देशन

नेपालखबर
फागुन ८, २०७९ सोमबार १७:६, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका जहाज उडान बन्द गर्न निर्देशन दिएको छ। 

गुण एयरलाइन्सले पाइलट तथा क्रु मेम्बरलाई समयमै तलब नदिएको उजुरीपछि प्राधिकरणले उडान बन्द गर्न निर्देशन दिएको हो। 

प्राधिकरणका एक अधिकारीका अनुसार पाइलट र क्रु मेम्बरलाई समयमै तलब नदिँदा उडान सुरक्षा जोखिम हुनाले उडान रोकिएको हो। गुण एयरलाइन्सले यति एयरलाइन्ससँग जहाज खरिद गरी सञ्चालन गर्दै आएको थियो। 

तर कम्पनीले व्यावसायिक रुपमा सफलता हासिल गर्न नसकेपछि संकटमा छ। 

नियमित उडान गर्न नसकेको कम्पनीले ५ जेट स्ट्रिम जहाज बिक्री गर्न विदेशी कम्पनीसँग छलफल पनि गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .