हिमालयन बैंकसँग मर्ज भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित व्यवस्थापन टोलीका ८ कर्मचारी बाहिरिएका छन्।
सीईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापन टिमका कर्मचारीले स्वैच्छिक अवकाश सुविधा (भीएसआर) लिएर बाहिरिएका हुन्।
बैंकबाट कार्यकारी तहमा रहेका सीईओ पोखरेल र सुमन आचार्य बाहिरिएका छन् ।
त्यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका हुन् ।
मर्जपश्चात् २१ अर्ब ६० करोडको बन्यो बैंक
मर्जरपश्चात् बनेको हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ बनेका छन्। साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बनेका छन्।
साथै, बैंकको सीईओमा अशोक राणा छन् भने सिभिलका सीईओ पोखरेल बाहिरिएपछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ। हिमालयन बैंकमा उनले चौथो वरीयता पाउनेछन्।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड पुगेको छ।
बैंकको कुल पुँजी ३४ अर्ब, त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ। मर्जरसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ।
Shares
प्रतिक्रिया