ad ad

कारोबार


मन्त्री महतले चलाए अर्थ मन्त्रालयका सहसचिव : २ जना ‘आउट’, ३ जनाको ‘इन्ट्री’

मन्त्री महतले चलाए अर्थ मन्त्रालयका सहसचिव : २ जना ‘आउट’, ३ जनाको ‘इन्ट्री’

दीपक भट्ट
चैत २३, २०७९ बिहिबार १५:२७, काठमाडौँ

अर्थमन्त्री प्रकाशशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै सहसचिवहरुको सरुवा गराएका छन्।

अर्थ मन्त्रालयबाट २ जना सहसचिव सरुवा भएका छन् भने ३ जना नयाँ सहसचिव आएका छन्। 

अर्थ मन्त्रालयमा आउने नयाँ सहसचिवमा भुपाल बराल, उत्तरकुमार खत्री र बाबुराम सुबेदी छन्। त्यस्तै बाहिरिनेमा सुमन दाहाल र झक्कप्रसाद आचार्य रहेको स्रोतले जानकारी दिएको हो।

दाहाल योजना आयोग र आचार्य श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका हुन्। दाहाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा थिए भने आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा थिए। 

विष्णु पौडेल अर्थमन्त्री बनेर आउँदा समेत उनले अर्थ मन्त्रालयमा सहसचिवको हेरफेर गरेका थिए। 

त्यसैगरी जनार्दन शर्माले पनि नयाँ टिम बनाएर काम गरेका थिए। 

विष्णु पौडेलले लक्ष्मी निरौला, धनीराम शर्मा, श्रीकृष्ण नेपाल झक्कप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा भित्र्याएका थिए।

बजेट निर्माणको प्रक्रिया अघि बढिसकेको अवस्थामा सहसचिवहरुको सरुवा र जिम्मेवारी हेरफेर समेत हुँदा असर पर्ने बताइएपछि अर्थमन्त्री महतले टिम हेरफेर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .