ad ad

कारोबार


किमाथांका नाका सञ्चालन सरकारको पहिलो प्राथमिकता : मन्त्री साउद

किमाथांका नाका सञ्चालन सरकारको पहिलो प्राथमिकता : मन्त्री साउद

नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:१२, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्।

आइतवार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले संखुवासभाको किमाथांका नाका सञ्चालन गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन्।

उनले किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमकितामा राख्ने बताए।

उनले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दुरीको माध्यम बन्ने बताए। उनले चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताए। 

उनले भने, ‘किमाथांका नाकाको बारेमा भन्नुभएको छ, यो महत्वपूर्ण नाका छ। उत्तरतिरको पूर्वतिरको व्यपारका लागि अत्यन्तै महत्वपूर्ण नाकाका रुपमा रही आएको छ। दुई देशको सम्बन्ध र व्यापारका रुपमा प्रयोग हुँदै आएको छ । नाका खोल्नका लागि अहिले चीन सरकारसँग छलफल भइरहेको छ, यसलाई उच्च प्राथमिकता दिनेछु।’

जिल्लाका प्रतिनिधिहरुले नेपालका लागि व्यवसायिक हिसावमा चीनसँगको नाकाहरु महत्वपूर्ण भएकाले सबै नाकाहरु खुलाउन समेत पहल गर्न आग्रह गरेका छन्।

पहिचानमा रहेका थोरै सीमानाकाहरु मध्ये संखुवासभा जिल्लास्थित उत्तरको नाका किमाथांकालाई खुलाउन विशेष जोड गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .