इन्टरनेट सेवा गुणस्तरीय र भरपर्दो हुन सम्बन्धित कम्पनीको कस्टमर सपोर्ट अर्थात् ग्राहक सेवाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कले त्यसका लागि उत्कृष्ट किसिमको ग्राहक सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार कम्पनीले ग्राहक सेवाका लागि देशभर करिब १७० ‘सपोर्ट जोन’ (सहायता क्षेत्र) स्थापना गरेको छ। ती सबै क्षेत्रमा ग्राहकको इन्टरनेट सम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएका छन्।
यसैले गर्दा वर्ल्डलिङ्कका ग्राहकले सरल, सहज र प्रभावकारी सेवा पाउन सम्भव भएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार काठमाडौं उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन्।
जसले गर्दा इन्टरनेट सम्बन्धी कुनै समस्या परेको खण्डमा गुनासो प्राप्त भएको दुई घण्टाभित्र वर्ल्डलिङ्कका कर्मचारी समाधान गर्ने ग्राहकको घरमा पुग्छन्।
यदि विशेष कारण बाहेक दुई घण्टाभित्र कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षतिपूर्ति स्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादव बताउँछन्।
‘हामी ग्राहकलाई जति सक्दो प्रभावकारी सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं’ उनी भन्छन्, ‘यदि केही गरी हाम्रा फिल्ड स्टाफ दुई घण्टाभन्दा पाँच मिनेट मात्रै ढिलो पुगे भने पनि ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरेका छौं।’
कम्पनीले ग्राहकलाई कस्टमर सपोर्ट दिने विभिन्न माध्यहरू प्रयोग गर्दै आइरहेको छ।
कल सेन्टर
वर्ल्डलिङ्कले ग्राहकका गुनासो सुन्न र समस्या सम्बोधन गर्न सम्पर्कका विभिन्न माध्यमहरू उपलब्ध गराएको छ। जसअन्तर्गत ग्राहकले जुनसुकै समयमा पनि वर्ल्डलिङ्कका ०१५९७००५०, ९८०१५२३०५०, ९८०१५२३०५१, ९८०९५२३०५२ र ९८०१५२३०५३ नम्बरमा सम्पर्क गरेर आफ्ना समस्याहरू टिपाउन सक्छन्।
प्रतिक्रिया