ad ad

कारोबार


कालीमाटीमा घिरौँला, भन्टा, फर्सी र लौकाको मूल्य घट्यो, कुन तरकारीको भाउ कति?

कालीमाटीमा घिरौँला, भन्टा, फर्सी र लौकाको मूल्य घट्यो, कुन तरकारीको भाउ कति?

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८१ शनिबार ७:३४, काठमाडौँ

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 

कालीमाटीमा आज कतिपय तरकारीको मूल्य हिजोअस्तीको तुलनामा घटेको छ भने कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज, बोडी, काउली, भन्टा, भिन्डी, लौका, फर्सी, सहितका तरकारीको मूल्य केही घटेको छ। 

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। गोलभेँडा २२ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सीताकै च्याउको मूल्य एक हजार ५० रुपैयाँ छ।

कालीमाटीमा आज ठूलो गोलभेँडा ६५, रातो आलु ६८, बन्दा ४५, स्थानीय काउली ७५, सेतो मुला २३, भन्टा ५५, तने बोडी ६६, करेला ५५, लौका ३६, परबल ६५, घिरौँला ४६, हरियो फर्सी ७०, स्कुस ७५, कन्य च्याउ २१६, डल्ले च्याउ ३३६ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।

कालीमाटीमा हिजो रातो आलु ६६, प्याज ८५, बन्दा ४५, ज्यापु काउली १ सय, सेतो मुला २२, भन्टा ६६, तने बोडी ७६, मकै बोडी १२५, करेला ५६, परबल ६६, घिरौँला ५६, हरियो फर्सी १ सय, कन्य च्याउ २ सय, कुरिलो २७५, ब्रोकाउली १३५ रुपैयाँ प्रतिकिलो थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .