नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा करेक्सन आएको छ। आज (सोमबार) नेप्से करेक्सन हुँदा २ हजार ९१ विन्दुमा सिमित भएको हो। बजार २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा बन्द भएको छ।
पछिल्लो ९ कारोबार दिन निरन्तर बढेर करिब २१ सय विन्दु नजिक पुगेको बजार आज झिनो अंकले घटेको हो।
आज झिनो अंकले घटेको बजारमा कारोबार भने बढेको छ। आज नेप्सेमा ४ अर्ब ७४ करोडको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब ६८ करोडको कारोबार भएको थियो।
आज कारोबारमा आएका २७६ कम्पनीमध्ये ८० कम्पनीको सेयरमूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ। एक कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्वीटी फण्ड र माउन्टेन इनर्जीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २९ करोड २ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी नेपाल टेलिकमको १ करोड १३ लाख र सोल्टी होटलको १७ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ।
Shares
प्रतिक्रिया