ad ad

कारोबार


हङकङबाटै आएको थियो सय केजी सुन नेपाल भित्रिएको सूचना

भन्सार अधिकारी भन्छन् : मिलेमतोभन्दा कर्मचारीको कमजोरी देखियो
हङकङबाटै आएको थियो सय केजी सुन नेपाल भित्रिएको सूचना

फाइल तस्बिर


दीपक भट्ट
साउन ४, २०८० बिहिबार १९:४८, काठमाडौँ

भन्सार पास भएपछि बुधबार अपरान्ह त्रिभुवन विमानस्थलबाट १ सय केजी सुन बरामद भयो।

विमानस्थल भन्सार पास भइसकेको उक्त सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गर्नका लागि सुराकीको प्रयोग गरेको हो।

विभागले सुराकीको उक्त सूचनाको आधारै सुन समात्न सफल भएको जनाएको छ।  केही दिनदेखि निरन्तर सुन आइरहेको सूचना आएको विभागका एक अधिकारी बताउँछन्। तर त्यसबारे अपरेसन त गर्ने तयारी विभागले गरि नै रहेको थियो। 

तर बुधबार भने १ सय केजी सुन नै आइरहेको भन्ने सूचना आयो। तयसपछि विभागको टोली तयार जसरी पनि अप्रेशन गर्ने तयारीमा थियो। 
बिहानदेखि नै अपरेसनका लागि तयार रहेको टोलीले भन्सार पास भएर बाहिरिएको सुन बरामद गरेको हो। 

त्यसो त त्यो सुन कहाँबाट कसरी आउँदै छ भन्ने सूचना विदेशबाटै आएको ती अधिकारी बताउँछन्। उनी भन्छन्, ‘विभागलाई हङकङबाटै सूचना आएको थियो। त्यही सूचना अनुसार कारबाही थाल्दा सुन समात्न सफल भएका हौँ।’

ठूलो परिमाणमा सुन आएपछि भन्सारमै समातिन सक्ने विश्वास विभागलाई लागेको थियो। तर, भन्सारको कमजोरीका कारण बाहिरिएको सुन राजस्व अनुसन्धानको हातमा परेको हो।

भन्सार विभागले पनि त्रिभुवन विमानस्थल भन्सारबाट आफ्नो कमजोरीकै कारण सुन छिरेको स्वीकार गरेको छ। 

विभागका महानिर्देशक शोभाकान्त पौडलले नेपालखबरसँग कुरा गर्दै उच्च निगरानी राख्न नसक्दा सुन भन्सारबाट पास भएको देखिएको बताए। 

‘यी विषयमा थप छानबिन हुँदै छ, त्यसबाट हामी थप कुरा पत्ता लगाउछौं’, उनले भने। 

भन्सार प्रणालीको कमजोरी, एक्सरे मेसिनको त्रुटी या भन्सारका कर्मचारीको मिलेमतो भए त्यसबारे छानबिनका लागि समिति गठन भएको उनले बताए।

सुन पास गराउन संलग्न दुई जना कर्मचारीलाई निलम्बन गर्ने निर्णय भइसकेको छ। खरिदारसम्मका कर्मचारीलाई विभागका महानिर्देशकले नै निलम्बन गर्न सक्छ। जसअनुसार विभागले निलम्बन पत्र थमाइसकेको छ। एकजना अधिकृतलाई निलम्बन गर्न अर्थसचिवलाई सिफारिस गरिएको छ। 

विभागका महानिर्देश शोभाकान्त पौडल भन्सार का कर्मचारी राजस्वका कर्मचारी सुन तस्करीमा धेरै संलग्न भएको यसअघिका घटनाबाट नदेखिने बताउँछन्। यो पनि उनीहरु संलग्नता कमजोरीका कारण भएको हुनसक्ने उनले बताए।

तस्करले नै स्कुटीको ब्रेक सु बनाएर ल्याउँदा पास गर्न सकिने विश्वास लिएको देखिन्छ। त्यहीअनुसार उक्त सुन पास भएको अधिकारीहरुले बताएका छन्। यस विषयमा थप अध्धयनपछि मात्रै बोल्न सकिने उनले बताए। 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .