दुई वर्षदेखि लाग्दै आएको सेयर धितोकर्जाको १ सय ५० प्रतिशत जोखिम भारलाई राष्ट्र बैंकले हटाएको छ।
मौद्रिक नीतिमा जोखिम भारलाई परिवर्तन गरेको बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै ५० लाख रुपैयाँसम्मको ऋणमा १ सय प्रतिशतमात्रै जोखिभार लाग्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकद्वार जारी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ जारी गर्दै ५० लाखभन्दा माथिको कर्जा बाहेकका साना कर्जामा जोखिमभार घटाएको हो।
निर्देशनका अनुसार अब लगानीकर्ताले ५० लाखसम्म सेयर धितो राखेर कर्जा निकालेमा १ सय प्रतिशत जोखिमभार राख्नुपर्ने हुन्छ भने सो भन्दा माथिको कर्जामा १ सय ५० प्रतिशत नै जोखिमभार देखाउनुपर्ने हुन्छ।
69
Shares
प्रतिक्रिया