ad ad

समाज


थानकोटनजिक गाडी दुर्घटना, एक जनाको मृत्यु, भीरमा अड्किएकाको उद्धार गरिँदै


नेपालखबर
साउन १२, २०८० शुक्रबार १३:३९, काठमाडौँ

चित्लाङदेखि काठमाडौं आउँदै गरेको गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले बताए।

दुर्घटनामा घाइते तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए। उनका अनुसा एक जना गाडीसँगै तल खस्दा भीरमा अड्किएको अवस्थामा रहेका छन्। ती व्यक्तिको उद्धार गर्ने कार्य जारी रहेको डीएसपी अधिकारीले दिए।

गाडीमा चालकसहित ५ जना सवार थिए।

थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .