पूर्व उद्योगमन्त्री मोती दुगडले नेपाली व्यवसायीमाथि सरकारले आतंक फैलाएको बताएका छन्।
नेकपा एमालेको अर्थ विभागले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सरकारले सर्वसाधारण र व्यवसायीको ध्यान अन्तै लैजान खोजेको आरोप उनले लगाएका छन्।
सरकारले व्यवसायीमा आतंक मच्चाउने काम मात्रै गरेको उनले बताए। व्यवसायीलाई टार्गेट गरी प्रकाउ गर्ने र धम्की दिने काम भइरहेको उनले बताए।
महंगी बढे पनि सरकारले नियन्त्रण गर्नेतर्फ ध्यान नै नदिएको उनले बताएका छन्।
45
Shares
प्रतिक्रिया