ad ad

कारोबार


हिमालयन बैंकले एक अर्ब रुपैयाँको ‘हिमालयन म्युचुअल फन्ड’ निष्काशन गर्ने

हिमालयन बैंकले एक अर्ब रुपैयाँको ‘हिमालयन म्युचुअल फन्ड’ निष्काशन गर्ने

नेपालखबर
साउन ३१, २०८० बुधबार १८:१७, काठमाडौँ

हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्काशन हुने भएको छ।

यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ।  

यस योजनाको प्रति इकाई अंकित मूल्य रु.१० को दरले १० करोड इकाईले हुन आउने कुल रकम १ अर्ब रुपैयाँ बराबरको हुनेछ।

जसमध्ये न्यूनतम १ करोड ५० पचास लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईहरु कोष प्रवद्र्घक, हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखिनेछ।

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईहरु स्वीकृत विवरण पुस्तिकाको सर्त अनुसार सार्वजनिक रुपमा साउन ३२ गतेदेखि छिटोमा भदौ ४ गते र ढिलोमा १५ गते (बैंकिङ्ग समय सम्म) सम्म निष्कासन तथा बिक्री खुल्ला हुनेछ।

यस ‘हिमालयन ८०–२०’ नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा सञ्चालन गरि लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .