ad ad

कारोबार


अडानबाट पछि हट्यो उड्डयन प्राधिकरण, दुर्गमका उडान सहज हुने

अडानबाट पछि हट्यो उड्डयन प्राधिकरण, दुर्गमका उडान सहज हुने

नेपालखबर
साउन ३२, २०८० बिहिबार १४:४१, काठमाडौँ

दुर्गम जिल्लाका विमानस्थलमा अतिरित्त समयमा उडान अवतरण गर्न पाउने भएका छन्। विमानस्थल समयमा मात्रै उडान गर्न दिने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन ३२ गते सर्तसहित उडान गर्न दिने भएको हो। 

प्राधिकरणले पाहाडी क्षेत्रमा अवस्थित स्टोल विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी जनताको हवाई यातायातमा पहुँच वृद्धि गर्नेगरी निर्णय गरेको जनाएको छ। 

प्राधिकरणले सेप्टेम्बरसम्म विमानस्थल सञ्चालन अवधिमा मात्रै उडान गर्ने निर्णय गरेको थियो। कुनै विमानस्थलको सञ्चालन अवधि दिउँसो १२ बजे सम्म मात्रै हुँदा उडान प्रभावित भएका थिए। हेलिकप्टर र साना जहाज उडान कम हुँदा यात्रुको गुनासो प्रधानमन्त्रीस‌‌ग पुगेको थियो। 

‘स्टोल विमानसथलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तब्य, हवाई मार्ग र बैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी मिनिमा कायम भएको सुनिश्चित गरी उडान अनुमति प्रदान गरिने छ,’ प्राधिकरणको निर्णयमा उल्लेख छ। 

नेपालगञ्ज विमानस्थलबाट स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले विमानस्थलमा अनिवार्य फ्लाई अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धि सम्पूर्ण कार्य अफिसर मार्फत गर्नुपर्ने उल्लेख गरेको छ। 

पाहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टोल विमानस्थलहरुको सञ्चालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदरको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गर्ने निर्णय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .