ad ad

कारोबार


सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका एक सय ३७ कर्मचारीले मागे सामूहिक सरुवा

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका एक सय ३७ कर्मचारीले मागे सामूहिक सरुवा

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार १४:३०, काठमाडौँ

गत साउन ३ गते बरामद भएको साढे ६० केजी तस्करी सुनका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु तनावमा परेका छन्।

भन्सार र सुरक्षा जाँचपास भएर बाहिरिन लागेको उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि भन्सारका केही कर्मचारी पनि अहिले पक्राउ परेका छन्। 

यस्तोमा विमानस्थल भन्सारका कर्मचारीहरुले आफूहरुको निरन्तर बदनाम भइरहेको बताउँदै सामूहिक सरुवाका लागि माग गरेका हुन्। 

भन्सार विभागका महानिर्देशकलाई सामूहिक रुपमा पत्र लेख्दै उनीहरुलाई त्रिभुवन विमानस्थलबाट अन्यत्र सरुवा गरिदिन माग गरेका हुन्। 

‘...लगभग ६० किलो सुन भन्सार चोरी/छली जाँचपास भएको भन्ने घटनाक्रमपछि विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरुबाट हामीहरुलाई बिनाकारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाई भएको महसुस भएको छ’, उनीहरुले भनेका छन्, ‘उक्त घटनामा दोषीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन। तर कर्मचारीहरुमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पूरा गर्न मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ।’

उनीहरुले उक्त सुन प्रकरणपछि घर, परिवार कुन मानसिक तनाबबाट गुज्रिएको बताएका छन्। ‘बिनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको छ। हामीसँग सरोकार राख्ने विभिन्न निकायहरुले हामीप्रतिको दृष्टिकोण नकारात्मक हुँदै गएको अवस्था छ’, उनीहरुले भनेका छन्, ‘यस्तो विषम परिस्थितिमा पनि आफ्नो व्यक्तिगत जीवन थाती राखी घर, परिवार, समाज नभनी राज्यको सेवामा निरन्तर खटिएका छौं। यी तमाम परिस्थितिका वाबजुत कार्यालयमा नियमित उपस्थित भई काम गर्ने मनोविज्ञान तथा वातावरण नरहेको हुँदा यस भन्सार कार्यालयबाट सामूहिक सरुवा गरिदिनुहुन अनुरोध गर्दछौ।’

उनीहरुले आफूहरुको मागको सम्बोधन नभएमा कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने अवस्था आउने पनि बताएका छन्।

कस-कसले मागे सरुवा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .