ad ad

कारोबार


गल्फ लुब्रिकेन्टको ‘डिलर सेल्स एक्जेक्युटिभ मिट’ सम्पन्न

गल्फ लुब्रिकेन्टको ‘डिलर सेल्स एक्जेक्युटिभ मिट’ सम्पन्न

नेपालखबर
भदौ १३, २०८० बुधबार १४:५५, काठमाडौँ

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न गरेको छ।

पोखरामा आयोजित यो कार्यक्रम लुब्रिकेन्ट उद्योगमा सम्भवतः एक मात्र यस्तो कार्यक्रम हुन सक्ने कम्पनीले जनाएको छ। यो कार्यक्रममा नेपाल भरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरुको उत्साहजनक सहभागिता थियो।

कम्पनीका अनुसार, ब्रान्डको भ्यालु र बिक्री बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबै भन्दा धेरै हुन्छ। नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरउन्नतिलाई ध्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरु सञ्चालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ। सो मिटमा प्राविधिक र  बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाकोबारे छलफल, कम्पनीको  प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो।  

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराई भन्छन्, ‘हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो। एक प्रशिक्षित सेल्स एक्जेक्युटिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ। यसले हाम्रो ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्नेछ। यो मिट हाम्रो सेल्स टिमलाई अझै  बलियो बनाउनको लागि सम्पन्न भएको हो।’  

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ।
नेपालमा ३९ वर्षको यात्रा रहेको विश्वप्रख्यात यो ब्रान्ड सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड भएको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .