एसिया कपमा डेब्यु गर्न लागेको नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध फिल्डिङ गर्ने भएको छ।
मुलतान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ। पाकिस्तानको कमानी भने बाबर आजमले सम्हाल्नेछन्।
एसिया कपअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले एसिया कपका लागि टोलीसँगै सबै नेपाली रहेको बताए। पाकिस्तानविरुद्धको खेलमा भीम सार्कीलाई टोलीबाहिर राखिएको छ।
नेपालको सुरुवाती ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल्, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।
पाकिस्तानको सुरुवाती ११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेट किपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल घरेलु टोलीसँग प्रतिस्पर्धात्मक खेल खेल्ने योजानमा छ। उता पाकिस्तानले पनि नेपाललाई कमजोर टोलीको रुपमा नरहेको जनाएको छ।
Shares
प्रतिक्रिया