कारोबार


प्राधिकरणले डेढ महिनापछि ल्यायो ३६ अर्ब ६६ करोडको बजेट

प्राधिकरणले डेढ महिनापछि ल्यायो ३६ अर्ब ६६ करोडको बजेट

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८० बिहिबार १२:५, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले ३६ अर्ब ६६ करोड रुपैयाँको बजेट ल्याएको छ।

मंगलबार बसेको बोर्ड बैठकले पास गरेको बजेटमा १९ अर्ब ३ करोड विकास खर्चमा लगाइने उल्लेख छ। 

प्राधिकरणले चालु आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड रुपैयाँ आफ्नै आम्दानी र ६ अर्ब ६४ करोड रुपैयाँ ऋण वा सेयरबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख गरेको छ।

नेपाल सरकारबाट ८६ करोड, असार समम भुक्तानी भएको मुल्यअभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनु पर्ने २ अर्ब ३४ करोड गरी २५ अर्ब ७३ करोड रुपैयाँ छ। 

२०८० साउन सुरुको पेश्की मौज्दात ४ अर्ब ८५ करोड र बैंक मौज्दात ६ अर्ब ७ करोडगरी ३६ अर्ब ६६ करोड रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। 

पुँजीगत खर्च बाहेक कर्मचारीको तलब बापत २ अर्ब ११ करोड, कर्मचारी अवकास भुक्तानी ५३ करोड, अन्य कार्या सञ्चालन खर्च ४ अर्ब ३४ कारोड छुट्टटाएको छ। 

नेपाल सरकारको ऋण साँवा २ अर्ब ९३ करोड, ब्याज १ अर्ब ७१ करोड, कर्मचारी बोनस ५ करोड, वायुयान सञ्चालन कोषको नन्अपरेटिभ खाता ८२ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोष १ अर्ब ६३ करोड, आयकर व्यवस्था र पुनरावेदका लागि २ अर्ब १३ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ।

उड्ययन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले बजेटमा नयाँ कार्यक्रम नरहेको बताए। 

प्राधिकरणको बजेटले ६ वटा विमानस्थलकोलागि सबैभन्दा बढी बजेट विनियोजन गरेको छ। त्रिभुवन विमानस्थलमा ३ वटा ठेक्का चलिरहेका छन्। 

पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण सकिएपनि करिब ३ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको छ।

गौतमबुद्ध विमानस्थलमा ट्याक्सी वेको स्तरोन्नतीकोलागि बजेट विनियोजन गरिएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए। 

‘तीनवटा विमानस्थलको टर्मिनल भवन बनिरहेका छन्,’ निरौलाले भने,‘विराटनगर, भरतपुर र नेपालगञ्जज विमानस्थलका टर्मिनल भवनलाई सुविधासम्पन्न गर्ने कामका लागि बजेट छुट्टाइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .