ad ad

कारोबार


नेपाल- भारतबीच अनलाइन क्रसबोर्डर पेमेन्ट सुरु

नेपाल- भारतबीच अनलाइन क्रसबोर्डर पेमेन्ट सुरु

नेपालखबर
भदौ २१, २०८० बिहिबार १८:३१, काठमाडौँ

नेपाल भारतबीच अनलाइन क्रसबोर्डर पेमेन्ट सुरु भएको छ।

भारतमा भएको ग्लोबल फिनटेक फेस्टमा क्रसबोर्डर अनलाइन पेमेन्ट गर्ने सम्झौता भएको छ।

अब फोन पे मार्फत दुवै देशका नागरिकले फोनपे मार्फत भुक्तानी गर्न सक्ने छन्।

नेपालको एफवान सफ्टले भारतको युपीसिआईसँग सम्झौता गरेसँगै भारतीयले नेपालमा र नेपालीले भारतमा क्यूआर कोर्ड मार्फत भुक्तानी गर्न सकिने भएको छ।


 
एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले अनलाइन क्रसबोर्डर पेमेन्ट सुरु गरी एतिहासिक सफलता पाएको बताएका छन्। क्रसबोर्डर अनलाइन पेमेन्टको सुरुवातको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुगेका थिए।

फोनपेका अनुसार नेपालीहरु भारतमा घुम्न जाँदा र भारतीय नेपालमा घुम्न आउँदा अनलाइनबाटै भुक्तानी गर्न सक्ने भएका छन्। यसले विद्यार्थी, पर्यटक, व्यवसायी सबैलाई सहयोग पुग्ने बताइएको छ।

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा नेपाल भारतबीच क्रसबोर्डर अनलाइन पेमेन्ट सुरु गर्ने विषयमा समझदारी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .