ad ad

कारोबार


भदौमा घरजग्गा कारोबार बढ्दा राजस्व भने घट्यो

भदौमा घरजग्गा कारोबार बढ्दा राजस्व भने घट्यो

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८० बिहिबार ११:४८, काठमाडौँ

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गा कारोबार बढेको छ। 

सरकार र राष्ट्र बैंकले घरजग्गाका लागि खुकुलो नीति ल्याएसँगै कारोबार सामान्य वृद्धि भएको हो।

गत आर्थिक वर्ष ३४ हजार ७२३ लिखित पारित भएकोमा यस वर्ष ३५ हजार ६८६ लिखित पारित भएका छ।

भदौमा कुल कारोबा-सेवा १ लाख २० हजार भएका छन्। अघिल्लो वर्ष १ लाख ८ हजार थियो।

राष्ट्र बैंकले घरजग्गा कारोबारको जोखिम भार घटाएकाले कर्जा विस्तारमा सहज भएको छ। बाणिज्य बैंकले अन्य कर्जाको तुलनामा घरकर्जा सस्तोमा उपलब्ध गराउँदा कारोबार बढेको व्यवसायीहरू बताउँछन्। 

भदौमा राजस्व ३ अर्ब २ करोड रुपैयाँ संकलन भएको छ। सेवा कर २५ करोड,  रजिष्ट्रेशन दस्तुर १ अर्ब ९९ करोड र पुँजीगत लाभकर १ अर्ब ९ करोड रुपैयाँ संकलन गरेको छ।

राजस्व संकलन काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट बढी भइरहेको छ। 

लगनखेल कार्यालयबाट ३३ करोड, भक्तपुर कार्यालयबाट २२ करोड, डिल्लीबजार कार्यलयबाट २४ करोड, चावहिल २० करोड, कलंकीबाट १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 

कारोबार बढे पनि राजस्व भने अघिल्लो वर्षको तुलनामा घटेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .