ad ad

कारोबार


एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ गते

एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ गते

नेपालखबर
असोज ८, २०८० सोमबार १५:२१, काठमाडौँ

एनआईसी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा असोज २८ गते बिहान ९ बजे हुने भएको छ।

असोज ५ गते सम्पन्न बैंकको ६३० औं संचालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २६ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

बैंकको २६ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ।

साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन\थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ।

वार्षिक साधारण सभालाई ध्यानमा राखी २०८०असोज १६ देखि २८ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .