ad ad

राजनीति


पार्टीको बैठक लाइभ गर्नु राम्रो होइन, बन्द गरौँ : चन्द्र भण्डारी

पार्टीको बैठक लाइभ गर्नु राम्रो होइन, बन्द गरौँ : चन्द्र भण्डारी

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १५:२१, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन्।

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो बताएका हुन्।

‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन। यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा होइन। यो बैठक त रावणको नाभीमा भएको अमृतजस्तै हो’, उनले बैठकमा भने। 

भण्डारीले युवा स्वदेशमा नबसे देशलाई ठूलो असर पर्ने बताए। एमाले उपाध्यक्ष सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको बताउँदै उनले यस्तै घटनाले देशलाई राम्रो नगर्ने उल्लेख गरे। 

अहिले देशको हरेक कुराको नेतृत्व कांग्रेसमा घुमेको बताउँदै भण्डारीले देशका समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .