चालू आर्थिक वर्षको पहिलो महिना नेपाल सरकारलाई १० अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ। गत वर्षको तुलनामा यो निकै बढि रहेको देखिएको छ।
अर्थमन्त्रालयका अनुसार गत आर्थिक वर्षको पहिलो महिना जम्मा १ अर्ब ३४ करोड रुपैयाँको मात्रै आर्थिक सहायताको प्रतिवद्धता आएको थियो।
चालू आर्थिक वर्षमा प्राप्त भएको प्रतिवद्धता अनुसार क्षेत्रगत रुपमा हेर्दा शिक्षा क्षेत्रमा ७० प्रतिशत, वातावरणमा ३० प्रतिशत आएको छ।
पहिलो महिनामा सरकारले विगतमा लिएको ऋण सहयता अन्गर्तत १ अर्ब २४ करोड रुपैयाँ भुक्तानी गरेको छ।
21
Shares
प्रतिक्रिया