ad ad

कारोबार


सामसङले ल्यायो नेपालमा सामसङ २०२३ टीभी सिरिज

सामसङले ल्यायो नेपालमा सामसङ २०२३ टीभी सिरिज

नेपालखबर
असोज २९, २०८० सोमबार १६:८, काठमाडौँ

सामसङले आफ्नो क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टीभीहरूको लन्च गरेको छ।

यो सिरिजको टीभीहरू यही वर्षको दसैँ–तिहारको लागि भनेर नेपालमा आइसकेका कम्पनीले जनाएको छ। यो नयाँ लाइन–अपको टीभीहरु ४३ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध छन्।

नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभीमा सामसङको फ्ल्यागशिप फिचरहरु पनि जडित छन्। जस्तै सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा।

यी टीभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नको लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ।

यसै सँगै सी–सिरिजका टीभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरु पुनर्नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङको पनि प्रयोग गर्दछ। यो जस्तै धेरै अरु सुविधाहरु समेटी सामसङले आफ्नो प्रयोगकर्ताहरूलाई एक असल कनेक्टेड एक्सपिरियन्सको अनुभव प्रदान गर्दछ।

यसको साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका सब २०२३ टीभीहरुमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको छ।

‘आधुनिक नेपाली उपभोक्ताहरू हामीसँगै विकसित भएका छन्, र उनीहरू आफ्नो लागि अझ राम्रा राम्रा उत्पादनहरू खोजिरहन्छन्। त्यसैले हामी हाम्रा ग्राहकहरूले अनुपम गुणस्तर र उत्कृष्ट अनुभव पाउन सक्ने सबै कुरा ल्याउँछौं। कनेक्टेड एक्सपिरियन्स जुन हामीले हाम्रा ग्राहकहरुका घरमा ल्याउन सक्षम रहेका छौं, जुन हाम्रा ग्राहकहरूले आरामसँग अनुभव गर्ने छन् भनेर हामीले विश्वास गरेको छौं। नयाँ २०२३ टीभीहरूले हाम्रा प्रयोगकर्ताहरूलाई परिष्कृत अनुभव प्रदान गर्न यी सबै ल्याउँदछ’, सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले भने।

कम्पनीका अनुसार नयाँ २०२३ लाईन–अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।

एचडीआर (हाइ डाइनामिक रेन्ज)बाट सम्भव भएको प्रकाश स्तरहरूको परिष्कृत दायराको साथ, प्रयोगकर्ताहरूले रङहरूको विशाल स्पेक्ट्रम र सबैभन्दा अँध्यारो दृश्यहरूको सानो सानो विवरणहरू पनि देख्न सक्छन्। ओटीएस लाइट सुविधाले दुई भर्चुअल स्पिकरहरू र एडप्टिभ साउन्ड मार्फत सिर्जना गरिएको थ्रीडी सराउण्ड साउन्डको साथमा अन–स्क्रिन भएका गतिहरूलाई यथार्थपरक अनुभूति गराउछ।

नयाँ २०२३ क्युएलईडी र क्रिस्टल फोके यूएचडी टीभीहरुका मुख्य सुविधाहरू

प्रिमियम डिजाइन
तपाईको घरको कुनै पनि ठाउँमा फिट गर्न हुने डिजाइन। नयाँ २०२३ क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभी को डिजाइन एउटा उत्कृष्ट कृति हो जसले तपाइँको घरमा भएको कुनै पनि प्रकारको पर्खाल र सजावटको सौन्दर्यशास्त्रमा समायोजन गर्न सक्छ, यो यसको एयरस्लिम डिजाइनको कारणले जता पनि घुलमिल्छ। यसको एडजस्ट गर्न मिल्ने हाइटले गर्दा यो कुनै पनि कोठा र कुनै पनि ठाउँको लागि उत्तम फिट हो।

स्लिम सोलार पावर्ड रिमोट
एक पूर्ण ब्याट्री–रहित रिमोट कन्ट्रोल जसलाई कोठाको बत्तीहरू र वाइफाइ राउटरहरूबाट उत्सर्जित अतिरिक्त ऊर्जा मार्फत चार्ज गर्न सकिने स्लिम सोलार पावर्ड रिमोट मिनिमलिस्टिक कुञ्जीहरू र बिल्ट–इन माइक्रोफोनको साथ आउँछ।

१०० प्रतिशत करल भोल्युम– प्यान्टोन मान्य रङहरू
२०२३ टीभीहरूले एक बिलियन ट्रु कलर्सको चमक देखाउँदछ, जसले समृद्ध र जीवन्त रङहरूको अरबौं शेडहरू, र यसको प्रोसेसर जसले लो–रिजोल्युसन तस्विरहरूलाई उच्च फोके डिस्प्लेमा अपस्केल गर्दछ।

भिडीईद्वारा प्रमाणित, प्रयोगकर्ताहरूले रङ्गको रेन्ज र पिक ब्राइतनेसको सुधारिएको दायराको आनन्दको साथ पहिले भन्दा धेरै विस्तृत विवरणहरूमा आफ्ना मनपर्ने कन्टेन्टहरूको आनन्द लिन सक्छन्, जसले स्क्रिनलाई जतिसुकै चम्किलो रूपमा उज्यालो वा अँध्यारो भए तापनि धेरै फरक रङहरू वास्तविकतामा ल्याउन सक्छ। स्क्रिनले दर्शकहरूलाई हेर्ने एंगल र दूरीको पर्वाह नगरी एक सुसंगत रङ्ग र गुणस्तर दिन्छ।

ध्वनिको साथ इमर्सिभ अनुभवलाई पुनः परिभाषित गर्नुहोस्
ओब्जेक्त ट्र्याकिङ साउन्ड (ओटीएस) लाइटले दुई भर्चुअल टप स्पिकरहरूको प्रयोग गरी तपाइँलाई तपाइँको घरको आरामबाट सिनेमेटिक थ्रीडी साउन्डको मजा लिन दिन्छ। ओटियस लाइटले स्क्रिनमा भएका तत्वहरूको चालहरू ट्र्याक गर्छ र त्यो तत्वको स्थानसँग मेल खाने ध्वनि उत्पादन गरी गतिशील थ्रीडी–जस्तो ध्वनि अनुभव सिर्जना गर्दछ। तपाईंले क्यु सिम्फोनी मार्फत त्यो अनुभव बढाउन सक्नुहुन्छ र कुशलतापूर्वक आफ्नो घरको लागि आफूले चाहेको ध्वनिहरू अर्केस्ट्रेट गर्न सकिनेछ।

बिल्ट–इन एआई भोइस असिस्टेन्ट
बिक्सबी, एक बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट जसले तपाईंलाई आफ्नो कन्टेन्टको सहज आनन्द लिन दिँदै पूर्ण रूपमा कनेक्टेडद एक्सपिरिएन्स दिनेछ। केवल बोलेर तपाईले कनेक्तेद डिभाइसको प्रयोग गरी आफूले चाहेको कन्टेन्ट फेला पार्न र कनेक्तेद डिभाइसहरु कन्ट्रोल गर्न सक्नेछन्।

स्मूथ अनुपम गेमिङ
सामसङ गेमिङ हबको साथ कन्सोल बिना नै तुरुन्तै सबै उत्कृष्ट कन्सोल गेमहरू, स्ट्रिमिङ गेमहरू र थप सबैलाई एकै ठाउँमा पाउनुहोस् र स्क्रिनमा हुने चालहरू अनुकूलन गर्नको लागि स्मूथ मोशन प्रदर्शन, स्वचालित समायोजनको साथै मोशन एक्सलेरेटरले ल्याउने स्पष्ट चित्र र प्रदर्शनहरूले तपाईंको गेमिङ अनुभवलाई उत्कृष्ट बनाउँछ।

कम्पनीका अनुसार नयाँ क्रिस्टल यूएचडी सीयू७७००, सीयू८०००, क्यूएलईडी टीभीएस क्यू६०सी, शृङ्खलाहरू २०२३ सी–सिरिजको यो दशैं र तिहार विशेष अफरमा उपलब्ध छन्। यस अफर मार्फत तपाईले सामसङ टीभीहरूमा ४१ प्रतिशतसम्म छुट र सन् २०२३ को अन्त्यसम्म यस अफर अवधिमा खरिद गरेको हरेक टीभीमा ३ वर्षको वारेन्टी अवधिको मजा लिन सक्नुहुन्छ।

अब सामसङ टेलिभिजनहरू नेपालमा स्थानीय रूपमा उत्पादन भएका छन् र यसले प्रत्यक्ष रूपमा लाभान्वित भएको छ। नयाँ सी–सिरिजको मूल्य दायरा विशेष चाडपर्व अफरमा रु. ७२ हजार १५९ बाट सुरु हुन्छ।

नयाँ २०२३ सामसङ टीभीहरूका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र आधिकारिक दिस्त्रिब्युतर त्रिवेणी ब्यापार कम्पनी लिमिटेडको डिलर नेटवर्क अन्तर्गत नेपालभरका डिलर नेटवर्कबाट उपलब्ध छन्। ग्राहकले सामसङबाट ० प्रतिशत ईएमआई सेवा, स्मार्ट प्लाजाबाट झन्झट मुक्त इन्स्टा फाइनान्समा खरिद र अर्कोस्टोरबाट एक्सचेन्ज सेवा पाउन सक्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .