सन् २०२८ मा लस एन्जल्समा हुने ओलम्पिकमा क्रिकेट खेल पनि हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गराउन प्रस्ताव गरेको थियो। सो प्रस्तावलाई द ओलम्पिक गेम्सले स्वीकृति दिएको हो।
द ओलम्पिक गेम्सले २०२८ मा क्रिकेटसहित पाँच खेल आयोजना गर्नका लागि स्वीकृति दिएको हो।
योसँगै सन् २०२८ को विश्वकपमा महिला र पुरुष दुवैतर्फ क्रिकेटका खेल हुनेछन्।
द ओलम्पिक गेम्स क्रिकेटसँगै बेसबल तथा सफ्टबल, फ्याग फुटबल, स्क्वास र ल्याक्रोसलाई सहभागी गराउन स्वीकृति दिएसँगै अर्को ओलम्पिकमा यी खेल सहभागी हुनेछन्।
ओलम्पिकमा क्रिकेट टी–२० शैलीमा हुनेछ।
84
Shares
प्रतिक्रिया