द्रुतमार्गको प्याकेज ६ बाट चाइना फर्स्ट हाइवे कम्पनी बाहिरिने प्रक्रियामा पुगेको छ।
प्याकेज ६ का लागि सेनाले ग्लोबल टेन्डर आह्वानबाट चाइना फर्स्ट हाइवे कम्पनी छनौट भएको थियो। तर उक्त कम्पनीविरुद्ध अदालतमा उजुरी परेको थियो। अहिले चाइना फर्स्ट हाइवे कम्पनी नै बाहिरीने प्रक्रियामा रहेको हो।
कम्पनीले राखेको धरौटी फिर्ताको क्रममा रहेको काठमाडौं तराई (मधेश) द्रुतमार्ग आयोजनाले जानकारी दिएको छ। आयोजनाका अनुसार त्यो प्रक्रिया केही दिनमा टुंगिने छ।
चाइना फर्स्ट हाइवे कम्पनी विवादमा पर्नुको कारण यो कम्पनी मूल ठेकेदार नेपाली सेनाले प्राविधिक रुपमा अस्वीकार गरेको कम्पनी हो। सेनाले गत जेठ १८ मा केटीएफटी/आईसीबी/वक्र्स/आरएन्डबी/०७८/०७९/६ नम्बरको ठेक्का आह्वान गरेको थियो।
त्यसमा एम/एस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्प लि चाइना, एम/एस अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डिया, एम/एस पोली चांग्दा इन्जिनियरिङ कम्पनी लिमिटेड चाइना, एम/एस कोभेक–सीआरईजीसी ज्वाइन्ट भेन्चर, (चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लि), चाइना रेलवे नं.२ इन्जिनियरिङ ग्रुप क.लि चाइना, एम/एस सिनोहाइड्रो–पीसीसीडी जेभी, सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, पावरचाइना चेंग्दु इन्जिनियरिङ कर्पोरेसन लिमिटेड चाइना प्रस्ताव हाल्न छनोट थिए।
तर चाइना फर्स्ट हाइवे कम्पनीले ठेक्का पाएपछि अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डिया सर्वोच्च गएको थियो।
Shares
प्रतिक्रिया