ad ad

कारोबार


एकै खेलमा ५ विकेट र शतक पूरा गर्ने खेलाडीलाई २० लाख पुरस्कार दिने डिशहोमको घोषणा

एकै खेलमा ५ विकेट र शतक पूरा गर्ने खेलाडीलाई २० लाख पुरस्कार दिने डिशहोमको घोषणा

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १४:३६, काठमाडौँ

डिशहोम परिवारले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेट खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले अहिले भइरहेको आईसीसी टी-२० वर्ल्ड कप अन्तर्गत एशिया क्वालिफायर फाइनल २०२३ मा नेपाली क्रिकेट खेलाडीहरूका हरेक रन, हरेक विकेट र हरेक ‘माइलस्टोन’ मा पुरस्कार घोषणा गरेको हो।

हरेक इनिङमा नेपाली खेलाडीहरूको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गर्दै कम्पनीले आफ्नो खुशी व्यक्त गरेको छ।

नगद पुरस्कार पाउने शैली यस प्रकार रहेका छन्ः
एकै खेलमा शतक र ५ विकेट दुवै गरेमा रु २० लाख
शतक गरेमा रु १० लाख
५ विकेट लिएमा ५ लाख

अर्ध शतक गरेमा रु १ लाख
३ विकेट लिएमा  रु १ लाख
३५ रनको लागि रु ५० हजार
३ क्याच/स्टम्पिङ गरेमा रु ५० हजार।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .