गोल्डस्टार सुज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार जोर जुत्ता-चप्पल सहयोग गरेको छ।
किरण सुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार सुजले पीडितहरूका लागि १० हजार २२ जोर जुत्ता तथा चप्पल सहयोग प्रदान गरेको हो।
कम्पनीका अनुसार ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको रहेको छ।
गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउँदैछौं। हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौँ र उहाँहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौँ।’
सन् १९९० मा स्थापित किरण सुज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार सुज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो। कम्पनीका अनुसार मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ,
समयक्रममा गोल्डस्टारले बजारको मागसँग आफूलाई समायोजन गर्दै फेसन ब्रान्डका रूपमा स्थापित गरिसकेको दाबी गरेको छ।
Shares
प्रतिक्रिया