स्किल सेवाले घर निर्माण सम्बन्धी निशुल्क प्राविधिक परामर्श दिने भएको छ।
कम्पनीले घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनुपूर्व के–कस्ता कुरामा ध्यान दिने विषयमा परामर्श दिने भएको हो।
विगत ५ वर्ष घरकै समस्याहरूको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै अइरहेको छ।
४० हजार भन्दा बढी समस्या भएको घरहरूमा अफ्ना सेवा प्रदान गरिसकेको छ। स्किल सेवाले घर बनाउने अवश्यक कागजात र प्रक्रियाहरू समेतको बिस्तृत जानकारी दिने सीईओ रमेश तिमिलसिनाले बताए।
हरेक शनिबार बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म कम्पनीको मूख्य कार्यालयमा निशुल्क परामर्श कार्यक्रम हुने छ।
देशका प्रमुख शहरहरू पोखरा,चितवन र बुटवलबाट समेत सेवा दिँदै आएको स्किल सेवाले कार्यक्रम मार्फत सर्वसाधारणलाई घर बनाउँदा समस्या रहित, दिगो, सुरक्षित कसरी बनाउने भन्ने बारेमा विशेष परामर्श दिन लागेको जनाएको छ।
घर निर्माणका क्रममा हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटीका बारेमा ध्यान नदिँदा घरमा विभिन्न किसिमका जोखिम आउने, अफनो लगानी समेत खेर जान सक्ने हुँदा परामर्श लिन कम्पनीले आग्रह गरेको छ।
Shares
प्रतिक्रिया