सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केदारेश्वर धामलाई सहयोग गरेको छ।
बैंकले धाममा भ्रमणको लागि आउने भक्तजनलाई सफा पानी उपलब्ध गराउन एक थान एक हजार लिटरको पानी ट्यांकी र नियमित सरसफाइको लागि धाममा आउने भक्तजनबाट सहयोगस्वरूप २० का पाँच हजार थान टिकट हस्तान्तरण गरेको हो।
पानी ट्यांङ्की र टिकट बंैकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलालाई हस्तान्तरण गरिएकोे बैंकले जनाएको छ। केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम हो।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया