ad ad

ग्लोबल


हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाह मारिएको स्वीकार गर्‍यो

हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाह मारिएको स्वीकार गर्‍यो

फाइल तस्बिर : हसन नसरल्लाह


नेपालखबर
असोज १२, २०८१ शनिबार १९:५३, काठमाडौँ

लेबनानको सशस्त्र शिया संगठन हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको छ।

यसअघि इजरायली सेनाले हसन नसरल्लाह बेरुतमा भएको हवाई बमबारीमा मारिएको दाबी गर्दा हिजबुल्लाह बोलेको थिएन।

तर शनिबार हिजबुल्लाहले विज्ञप्ति जारी गरी आफ्ना नेता नसरल्लाहको मारिएको पुष्टि गरेको हो। 

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको बताएको छ।

इजरायली सेनाले यो हमला लामो समयदेखि बनाएको योजना बताएको छ।

इजरायलले ६४ वर्षीय नसरल्लाहलाई धेरै इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .