ad ad

कारोबार


१२ खर्बले खुम्चियो लघुवित्त व्यवसाय, साढे ४९ प्रतिशतले घट्यो नाफा

१२ खर्बले खुम्चियो लघुवित्त व्यवसाय, साढे ४९ प्रतिशतले घट्यो नाफा

नेपालखबर
माघ २४, २०८० बुधबार १७:३२, काठमाडौँ

लघुवित्त वित्तीय संस्थाहरुको नाफा साढे ४९ प्रतिशतले घटेको छ। चालू आवको ६ महिना (पुस मसान्तसम्म) लघुवित्तको औषत नाफा साढे ४९ प्रतिशतले घटेर १ अर्ब ७० करोड पुगेको हो।

गत वर्ष सोही अवधिमा लघुवित्त वित्तीय संस्थाले नाफा ३ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेका थिए। लघुवित्त संस्थाहरुको नाफासँगै ब्याज आम्दानी उच्च गिरावट देखिएको छ।  

चालू आवको ६ महिना (पुस मसान्त)सम्म लघुवित्त संस्थाहरुले २९ अर्ब ब्याज आम्दानी गरेका छन। गत वर्ष सोही अवधिमा लघुवित्त वित्तीय संस्थाले ३२ अर्ब ब्याज आम्दानी गरेका थिए।

गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पुससम्म लघुवित्त संस्थाहरुको ब्याज आम्दानी ३ अर्बले घटेको छ।

लघुवित्त संस्थाहरुको व्यवसाय खुम्चिएर कर्जा रिकोभरी समस्या हुँदा नाफा खुम्चिन पुगेको हो। गत वर्षदेखि लघुवित्तको कर्जा रिकोभरीमा समस्या बढ्दा खराब कर्जा चुलिएको छ।

जसको असर लघुवित्तले छुट्याउने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन)ले देखाएको छ।

पुस मसान्तसम्म लघुवित्तले २१ अर्ब ८५ करोड प्रोभिजन गरेका छन्। गत वर्ष सोही अवधिमा लघुवित्तले खराब कर्जा बापत १५ अर्ब ६७ करोड रुपैयाँ प्रोभिजन छुट्याएका थिए।

खराब कर्जा उल्लेख्य मात्रामा बढ्दा लघुवित्त संस्थाहरुको प्रोभिजन बढ्न पुगेको हो। खराब कर्जा बढ्दै जादा त्यसको असर संस्थाको नाफामा त पर्छ नै त्यसका अलवा कर्जा लगानी क्षमता घट्दै जाने हुन्छ।

पुस मसान्तसम्म लघुवित्तले कुल कर्जा प्रवाह ४ खर्ब ३९ अर्ब पुगेको छ। गत वर्ष सोही अवधिसम्ममा लघुवित्तको कूल कर्जा प्रवाह ४ खर्ब ५१ अर्ब थियो।

गत वर्षको सोही अवधिको तुलनामा लघुवित्तको कर्जा विस्तार १२ अर्बले खुम्चिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .