ad ad

राजनीति


रविको प्रस्ताव–प्रदेशसभा खारेज तर प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री

रविको प्रस्ताव–प्रदेशसभा खारेज तर प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री

नेपालखबर
असोज २, २०८१ बुधबार १८:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय प्रणाली अपनाउनुपर्नेबारे पार्टीमा प्रस्ताव गरेका छन्। बुधबार रास्वपाको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले प्रदेसभा भने खारेज गनुपर्नेमा जोड दिएका छन्।

स्थानीय जनप्रतिनिधि समेत रहनेगरी प्रदेश परिषद बनाउने र त्यसैलाई नै विधायकी अधिकार दिने प्रस्ताव गरेका लामिछानेले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव गरेका छन्।

‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रधानमन्त्रीले योग्य र विषय विज्ञमन्त्री नेपाली नागरिकबाट छान्न पाउने व्यवस्था,’ राजनीतिक प्रतिवेदन पेस गर्दै उनले भने, ‘प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रनिनिधि सम्मिलित गर्दै प्रदेश परिषदलाई नै विधायकी अधिकार दिन सकिने उन्नत बिकल्पबारे छलफल सुरु गरिनेछ।’

‘साथै विज्ञले नेतृत्व गर्नेगरि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री समेतगरी ५ वटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने ७ वटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरुको संख्या भने ५ सय भन्दामुनी झारिने छ,’ लामिछानेको प्रस्ताव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .