ad ad

कारोबार


सिभिल बैंकलाई प्राप्तिपश्चात् हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

सिभिल बैंकलाई प्राप्तिपश्चात् हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

नेपालखबर
फागुन २९, २०८० मंगलबार १६:९, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरू मध्ये काठमाडौंको गोंगबु शाखालाई बूढानीलकण्ठ–८ हात्तीगौंडामा स्थानान्तरण गरेको छ।

फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले गरे।

यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गते देखि सेवा सुचारु गरेकोे छ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पोस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना  ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .