ad ad

कारोबार


माइडियाको नयाँ वर्ष अफर : साढे ४६ हजारसम्मको क्यासब्याक, पक्का उपहार

माइडियाको नयाँ वर्ष अफर : साढे ४६ हजारसम्मको क्यासब्याक, पक्का उपहार

नेपालखबर
चैत २३, २०८० शुक्रबार १९:४३, काठमाडौँ

माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली’ नामक उपहार योजना ल्याएको छ।

यस उपहार योजनाअन्तर्गत अधिकतम ४६ हजार ५०० सम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ। लक्कीड्रमा हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने छ।  

पक्का उपहारअन्तर्गत माइडियाको ६, ७ , ८ ,९, १० केजीका वासिङ मेसिन तथा वासरड्रायरको खरिदमा ६ केजी एरिअल प्याक उपहार पाउने छन्।

अत्यस्तै साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार अफरमा रहेको कम्पनीले जनाएको छ।

माइडिया ब्रान्डका  वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन्। शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ।

साथै शून्य प्रतिशत ईएमआई सीजी लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ माइडिया ब्रान्डका सामान साट्न सक्ने सुबिधा पनि रहेको छ।  

यो योजना चैत्र २३ गतेदेखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .