कारोबार


सेयरबजारमा ४ अर्बमाथिको कारोबार, कमाउने फाइनान्स, गुमाउने लघुवित्तका सेयरधनी

सेयरबजारमा ४ अर्बमाथिको कारोबार, कमाउने फाइनान्स, गुमाउने लघुवित्तका सेयरधनी

नेपालखबर
चैत २७, २०८० मंगलबार १५:१८, काठमाडौँ

सेयरबजार मंगलबार पनि बढेको छ। 

सूचक बढेको दिन कारोबार पनि उत्साहजनक देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ। 

बजारमा ९७ लाख ८९ हजार ४ सय १६ कित्ता बिक्री भएको दिन ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँको कारोबार भएको हो। 

योसँगै १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटाको घटेको र ९ वटाको मूल्यमा कुनै परिवर्तन भएको छैन। 

होटल, उत्पादन र माइक्रोफाइनान्स उपसमूहको सूचक घटे पनि बाँकी सबै हरियो छन्। 

आजको शीर्ष ५ सेयर कारोबार तालिकामा - 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
जानकी फाइनान्स ४६२.२० १०
नेपाल फाइनान्स ४६५.८० ९.९९
पोखरा फाइनान्स ४७५.५० ९.९९
इमर्जिङ नेपाल लि ८३५.१० ८.४५
प्रभु स्मार्ट फन्ड ९.५२ ८.३०

 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
विन नेपाल लघुवित्त १५११.१० १०
महुली लघुवित्त १११८ ५.३३
सबैको लघुवित्त ८१८ ४.४२
समता घरेलु लघुवित्त ७३५.९० ४.४२
बुद्धभूमि नेपाल हाइड्रोपावर ४८५ ३.९६

 

कम्पनी अन्तिम मूल्य (रु) कारोबार रकम (रु)
सूर्यज्योति लाइफ इन्स्योरेन्स ४९९.१० १८०८१०९२०
गुर्खाज फाइनान्स ८५२ १६०५०९६४८
हिमालयन रिइन्स्योरेन्स ६२३.९० १५४५५५९२३
नेपाल फाइनान्स ४६५.८० १५३६२१५५८
पोखरा फाइनान्स ४७५.५० १०४६४२९२१

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .