ad ad

कारोबार


गोदरेजको नयाँ वर्षमा ‘थटफुल न्यु इयर विशेष’ क्यासब्याक अभियान

गोदरेजको नयाँ वर्षमा ‘थटफुल न्यु इयर विशेष’ क्यासब्याक अभियान

नेपालखबर
चैत ३०, २०८० शुक्रबार २०:१८, काठमाडौँ

घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफुल न्यु इयर विशेष’ नामक अभियान सुरु गरेको छ।

कम्पनीका अनुसार यस अभियान अन्तर्गत ग्राहकहरूले गोदरेजका घरायसी सामानहरू खरिद गर्दा रु ३० हजारसम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन्।

थटफूल न्यू इयर विषेश योजना अन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन्।

त्यस्तै ग्राहकहरूले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा निस्शुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन्। गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले निस्शुल्क स्थापना पाउन सक्नेछन्।

यो योजना  चैत्र ३०, २०८० बाट सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ६६ वर्षको इतिहासका साथ, गोदरेजले हरेक घरपरिवारका आवश्यकताहरू पूरा गर्न विभिन्न खानाको तयारी, मौसम नियन्त्रण, कपडाको हेरचाह र सफाई सम्बन्धित उत्पादनहरू प्रदान गर्दछ।

गोदरेज अप्लायन्सको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत ईओएल प्रालि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .