कारोबार


कोका–कोलाको ‘ड्रिंक एण्ड विन’ योजना, २० लाखसम्म जित्न सकिने

कोका–कोलाको ‘ड्रिंक एण्ड विन’ योजना, २० लाखसम्म जित्न सकिने

नेपालखबर
बैशाख २, २०८१ आइतबार १७:३७, काठमाडौँ

पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ। 

क्याम्पेनअन्तर्गत ग्राहकहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ।     

‘ड्रिंक एण्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्कोमुनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन्। 

कम्पनीको यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .